काठमाडौं । संघीय संसदका ‘फरार सांसद’ लक्ष्मी महत्तो कोइरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिफारिस भएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसद सचिवालयमा बुझाएको विवरण अनुसार सांसद कोइरी उद्योग समितिमा सिफारिस भएका हुन ।
सो सिफारिस अनुसार प्रतिनिधिसभा बैठकले अब उनको नाम अनुमोदन गर्नेछ । मधेस आन्दोलन-२ को क्रममा महोत्तरीमा कार्यरत असई थमन बिकको हत्यामा संलग्न भएको भन्दै उनलाइ सजायँ सुनाए पछि कोइरी ‘फरार’ रहेका छन् । तर, उनले संसद सचिवालयमा पत्र लेखेर स्वास्थ्यका कारण देखाउँदै बैठकमा उपस्थित हुन नसकेको जनाउँदै आएका छन् ।
बिना सुचना १० पटकसम्म लगातार बैठकमा अनुपस्थित भएमा स्वतः सांसद पद खारेज हुने भए पछि कोइरीले पत्र लेखेर उपस्थित हुन नसकेको जनाएका हुन् ।
यसैगरी, सबै संसदीय समितिमा पहाडीया तथा खस आर्य समुदायका सदस्य रहे पनि उद्योग समितिमा भने एकजना पनि पहडिया खस समुदायको सदस्य सिफारिस भएका छैनन् । कोइरीसमेत रहेको सो समितिमा रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव, मंगलप्रसाद गुप्ता रहेका छन् ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend