Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनवाइ हुँदै


    सोमबार, बैशाख ११ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदैछ । नाबालिकामाथि बलात्कारको आरोप लागेका लामिछानेको मुद्दाको सुनुवाइ आज काठमाडौं जिल्ला अदालतमा हुने भएको हो ।

    चिकित्सकसहित दुई जना सरकारी साक्षीको बकपत्र सम्पन्न गरेको अदालतले लामिछानेको मुद्दालाई आज पेशीमा राखेको छ । गत साता दुवै सरकारी साक्षीको बकपत्र भएपछि सोमबारका लागि पेशी तोकिएको हो ।

    सर्वोच्च अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसाला दिन सकिरहेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार