काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को वेभसाइटमार्फत शुक्रबार सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
सार्वजनिक भएको विवरण अनुसार मुख्यमन्त्री अधिकारीले काठमाडौंमा घडेरी किनेको र चितवनमा रिसोर्टमा लगानी गरेको बताएका छन् । प्रभु बैंकबाट ८० लाख ऋण लिएर २०७८ जेठमा चन्द्रागिरी नगरपालिका काठमाडौंमा ८ आना घडेरी किनेको उनको भनाइ ।
मुख्यमन्त्री अधिकारीले पोखरा–१२ शान्तिटोलमा करिब ६ आना जग्गामा ८० लाखमा घर किनेको उल्लेख गरेका छन्। हाल उक्त घर जग्गाको मूल्य २ करोड पर्ने पनि उनले विवरणमा खुलाएका छन्।
उक्त घर जग्गा पैतृक सम्पत्ति बिक्रीबाट खरिद गरेको विवरणमा भनिएको छ । सम्पत्ति विवरणमा मुख्यमन्त्री अधिकारीले स्वआर्जनबाट नगद १५ लाख रुपैयाँ रहेको उल्लेख गरेका छन्।
यस्तै, विभिन्न बैंक तथा वित्तीय संस्थामा १० लाख नगद मौज्दात रहेको उल्लेख गरे पनि कुन बैंक तथा वित्तीय संस्थामा कति नगद भन्ने खुलाका छैनन्।
उनले आफूसँग तीन तोला सुन रहेको पनि बताएका छन् । उक्त सुन पनि अंशवण्डाबाट प्राप्त गरेको उनको भनाइ छ । अधिकारीले पेश गरेको विवरणमा गण्डकी विकास बैंकमा २ हजार ४९७ कित्ता शेयर रहेको उल्लेख गरेका छन्। उक्त शेयर कृषि आम्दानीबाट खरिद गरेको उनले बताए ।
उनले खेतीपातीबाट वार्षिक ६ लाख आम्दानी गर्ने गरेको पनि दाबी गरेका छन् । पोखरामै अग्रगामी कृषि फार्ममा श्रीमती रमा पाण्डेको नाममा साढे १६ लाख लगानी रहेको पनि अधिकारीले विवरणमा पेश गरेका छन्।
मुख्यमन्त्री अधिकारीसँग अहिले स्कोर्पियो गाडी छ। उक्त गाडी कार बेचेर भएको आम्दानीमा थप लगानी गरेर ५० लाख रुपैयाँमा खरिद गरेको उल्लेख गरेका छन्।
यस्तै, मुख्यमन्त्री अधिकारीले चितवनमा बन्दै गरेको फ्रेस वेब रिसोर्टमा पनि लगानी गरेको उल्लेख गरेका छन्। श्रीमती पाण्डेको नाममा उक्त रिसोर्टमा २० लाख बराबरको शेयर लगानी गरेको उनले विवरणमा खुलाएका छन्।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend