Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज पहाडी भेगमा वर्षा, तराईमा हावा-हुरीको सम्भावना


    शुक्रबार, बैशाख ८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । हाल देशमा पश्चिमी वायु साथै स्थानीय वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका र केही पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी क्षेत्रमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । तराईका थोरै स्थानमा भने हावा-हुरीको सम्भावना छ ।

    अबको २४ घण्टा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थान तथा देशका बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का पानी पर्न सक्ने र तराईका केही ठाउँमा हावा-हुरीको सम्भावना रहेको भन्दै सम्भावित जोखिमबाट बच्न सतर्कता अपनाउन अनुरोध समेत गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार