Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाँच किलो सुनसहित दुई जना पक्राउ


    बिहिबार, बैशाख ७ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालगञ्जको न्युरोडबाट करिब पाँच किलो सुनका गरगहनासहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्जको न्यूरोडस्थित एक होटलबाट ४ दशमलव ९२७ किलोग्राम सुनका विभिन्न गहनासहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेमा विराटनगरका महानगरपालिका रमेश सोनी र प्रकाश ठाकुर रहेका छन् । उनीहरुको साथबाट प्रहरीले सुनका सिक्री, चुरा, झुम्का, हार, ब्रास्लेट, मंगलसूत्र, बाला, ढुङ्ग्री, औँठी लगायतका सुनका गहना बरामद गरेको छ ।

    साथै उनीहरुको साथमा इस्तमेट बिलको ठेली थान १, डिजिटल तराजु थान १, विभिन्न मितिमा विभिन्न स्थानमा बिक्रि गरेको इस्टमेट विलहरु थन १४, एनआइसी एसिया बैंकमा ७ लाख ३३ हजार ४ सय जम्मा गरेको भौचर थान १, प्रकाश ठाकुरको नाममा ३ लाख ८६ हजार ४ सय काटेको एनएमबी बैंकको चेक थान १ र विभिन्न दरको नोट गरि नगद ३५ हजार बरामद गरिएको छ ।

    गरगहना झोलामा राखेर हिँडिरहेको सुराकीका आधारमा बुधवार राति गहनासहित सोनी र ठाकुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार