Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कपनमा चक्कु प्रहार गरी एक महिलाको हत्या


    बिहिबार, बैशाख ७ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वती नगरमा चक्कु प्रहार गरी एक महिलाको हत्या भएको छ । बाग्लुङको बडिगाड गाउँपालिका घर भइ काठमाडौं बस्दै आएकी ३५ वर्षीय निरा आचार्यको हत्या भएको हो ।

    आज दिउँसो साढे ३ बजे घाँटी र शरीरका अन्य भागमा भएको चक्कु प्रहारबाट उनी गम्भीर घाइते भएकी थिइन् ।महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ ।

    प्रहरीका अनुसार आचार्यलाई कसले र किन चक्कु प्रहार गरेको थियो भन्ने खुलेको छैन । जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार