Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैकिङ्ग कसुर मुद्दामा फरार रश्मी पक्राउ


    बिहिबार, बैशाख ७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले बैकिङ्ग कसुर मुद्दामा फरार एक महिलालाई पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका ७ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका ४ बस्दै आएकी ४० वर्षीया रश्मी सिग्देललाई प्रहरीले पक्राउ गरेको हो ।

    उच्च अदालत पाटनको गत फागुन २३ गतेको फैसलाले २६ लाख ९८ हजार ५ सय रुपैयाँ बिगो तोकिएपछि उनी फरार भएकी हुन् ।

    प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले हिजो उनलाई सूर्यविनायकबाट नियन्त्रणमा लिएको हो । उनलाई फैसला कार्यान्वयनको निम्ति भक्तपुर जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार