Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झारफुकबाट बालिकाको मृत्यु प्रकरणमा पक्राउ परेकी माता जेल चलान


    बुधबार, बैशाख ६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रुपन्देहीमा झारफुकबाट बालिकाको मृत्यु प्रकरणमा पक्राउ परेका १८ जनामध्ये माता भनिने एक महिलालाई थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको छ । अदालतले अन्यलाई धरौटी तथा साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

    सैनामैना नगरपालिकामा झारफुकबाट बालिकाको मृत्यु भएको विषयमा अदालतले बुधबार पक्राउ परेकामध्ये माता नामले चिनिने रेश्मी थापालाई थुनामा राख्न र अन्यलाई छाड्न आदेश दिएको हो ।

    गत फागुन २० गते सैनामैना-१० फूलबारीकी १४ वर्षीया सीता ज्ञवालीको झारफुकका क्रममा चरम यातनापछि मृत्यु भएको विषय बाहिर आएपछि प्रहरीले अनुसन्धानका लागि घरपरिवारदेखि मलामी गएका आफन्तलाई पक्राउ गरी थुनामा राखेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार