काठमाडौं। वैदेशिक रोजगारमा पठाइदिने भन्दै ६६ लाख बढी ठगी गर्ने २ जना पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कालीकोट घर भई हाल गोंगबु बस्ने सुधनकुमार शाही र अनिल श्रेष्ठलाई पक्राउ गरेको हो।
अपराध अनुसन्धान कार्यालयका प्रवक्ता सोमेन्द्र सिंह राठौरका अनुसार उनीहरूले २२ जनाबाट ५ लाखका दरले रकम उठाइ ठगी गरेको उजुरी परेको थियो। उजुरीका आधारमा उनीहरूलाई गाेंगबुबाटै पक्राउ गरिएको हो।
इटली, दक्षिण कोरिया, न्युजिल्यान्ड, पोर्चुगललगायतका देशमा पठाइदिन्छु भनेर ६६ लाख ३७ हजार रुपैयाँ ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । उनीहरूले रकम लिएर फरार भएका थिए। महिनाको १ लाख बढी कमाइ हुन्छ र आकर्षक सुविधा छ, कार्ड पनि बन्द भन्दै पीडितलाई प्रलोभनमा
पारेका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ग्रिनलिफ इन्टरनेसनल कन्सलट्यान्सी र नेपाल स्नोफल माउन्टेन्स ट्रेक एन्ड एक्सपिडिसनका सञ्चालक २८ वर्षका सुधनकुमार शाही र म्यानेजिङ डिरेक्टर अनिल श्रेष्ठलाई पक्राउ गरेको हो। पक्राउ परेका शाही र श्रेष्ठमाथि ठगी मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौंमा अनुसन्धान भइरहेको छ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend