काठमाडौं। वैदेशिक रोजगारमा पठाइदिने भन्दै ६६ लाख बढी ठगी गर्ने २ जना पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कालीकोट घर भई हाल गोंगबु बस्ने सुधनकुमार शाही र अनिल श्रेष्ठलाई पक्राउ गरेको हो।
अपराध अनुसन्धान कार्यालयका प्रवक्ता सोमेन्द्र सिंह राठौरका अनुसार उनीहरूले २२ जनाबाट ५ लाखका दरले रकम उठाइ ठगी गरेको उजुरी परेको थियो। उजुरीका आधारमा उनीहरूलाई गाेंगबुबाटै पक्राउ गरिएको हो।
इटली, दक्षिण कोरिया, न्युजिल्यान्ड, पोर्चुगललगायतका देशमा पठाइदिन्छु भनेर ६६ लाख ३७ हजार रुपैयाँ ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । उनीहरूले रकम लिएर फरार भएका थिए। महिनाको १ लाख बढी कमाइ हुन्छ र आकर्षक सुविधा छ, कार्ड पनि बन्द भन्दै पीडितलाई प्रलोभनमा
पारेका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ग्रिनलिफ इन्टरनेसनल कन्सलट्यान्सी र नेपाल स्नोफल माउन्टेन्स ट्रेक एन्ड एक्सपिडिसनका सञ्चालक २८ वर्षका सुधनकुमार शाही र म्यानेजिङ डिरेक्टर अनिल श्रेष्ठलाई पक्राउ गरेको हो। पक्राउ परेका शाही र श्रेष्ठमाथि ठगी मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौंमा अनुसन्धान भइरहेको छ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend