Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लागूऔषधसहित दुई जना पक्राउ


    सोमबार, बैशाख ४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–४ कभर्डहल नजिकबाट लागूऔषधसहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

    १७ मिलिग्राम लागुऔषध र नगद १४ हजार ५ सय रूपैयाँसहित सोही नगरपालिका–३ का २५ वर्षीय निराजन बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उनको साथबाट म.२ प ४०३८ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।

    त्यस्तै कैलालीका भजनी नगरपालिका–५ कव्वाखेडाबाट पनि लागुऔषधसहित प्रहरीले सोही नगरपालिका–३ कनैयापुरका १८ वर्षीय किशोरलाई पक्राउ गरेको छ । उनको साथबाट ३ ग्राम ८० मिलिग्राम लागुऔषध बरामद भएको हो । ती किशोर भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बेला उक्त पदार्थसहित फेला परेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार