Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपेन्द्र यादवलाई मधेशका स्वतन्त्र सांसदको समर्थन


    शनिबार, बैशाख २ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मधेश प्रदेशसभाका स्वतन्त्र सांसद प्रमोद जयसवालले बारा–२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गरेका छन् । बारा क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित सांसद जयसवाले विज्ञप्तिमार्फत उम्मेदवार यादवलाई समर्थन गरेको जानकारी दिएका हुन् ।

    उनले उम्मेदवार यादवलाई मत हाल्न मतदातालाई आग्रह गरेका छन् । यादवले मधेश आन्दोलनको नेतृत्व गर्नुका साथै मधेशका मुद्दा तथा संघीयता स्थापित गराउन योगदान दिएको बताउँदै उनलाई भोट हाल्न जयसवालले आग्रह गरे ।

    अध्यक्ष यादवलाई भोट दिए संसदमा उनको उपस्थितिले मात्र सम्बोधन हुन बाँकी नागरिकता लगायतका विषयहरु सम्बोधन हुने उनको दाबी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार