Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • गढीमाईमा दुई पक्षबीचको झडपमा गोली चल्यो, एक जनाको मृत्यु


    शनिबार, बैशाख २ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रौतहटमा गोली लागेर एक जनाको ज्यान गएको छ । गढीमाई नगरपालिका-८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीचको झडपमा गोली चल्दा उनको मृत्यु भएको हो ।

    गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको प्रहरीले बताएको छ । विवादका क्रममा गोली लागेका उनलाई उपचारका लागि वीरगञ्ज पठाइएकामा बाटोमा नै मृत्यु भएको हो । प्रहरीका अनुसार गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएका छन् ।

    नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा गोली प्रहार भएको थियो । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा पाँच जनालाई पक्राउ गरेको छ ।

    घटनामा प्रयोग भएको १२ बोरको हतियार प्रहरीले बरामद गरेको र घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट डीएसपीको टोली पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार