Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगरसहित एक युवक पक्राउ


    शनिबार, बैशाख २ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बाँके । नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् । विमानस्थल सुरक्षा गार्डको प्रहरी टोलीले शुक्रबार बिहान जाँचका गर्ने क्रममा ब्राउनसुगरसहित कैलालीको घोडाघोडी नगरपालिका–२ बस्ने २२ वर्षीय अमुल क्षेत्रीलाई पक्राउ गरेको हो ।

    उनका साथबाट ४५ ग्रामको ब्राउनसुगर बरामद गरिएको बाँके प्रहरीले जनाएको छ । उनी श्री एरलायन्सबाट काठमाडौँतर्फ जान लागेका थिए । पक्राउ परेका क्षेत्रीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार