Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शताब्दी पुरुष जोशी पत्नीको निधन


    शनिबार, बैशाख २ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ । १०० वर्षीय राधादेवीको आज बिहानमा किस्ट अस्पतालमा निधन भएको हो ।

    श्वासप्रश्वासका कारण दुई साताअघि उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो। उनका सोही अस्पतालमा आज निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

    ८४ वर्षभन्दा लामो समयसम्म सहयात्रामा रहेका पति सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो। जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त आआफ्नो शरीर दानको घोषणा गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार