Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भिनाजुको खुकुरी प्रहारबाट सालो सिकिस्त


    शुक्रबार, बैशाख १ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भिनाजुले सालोमाथि खुकुरी प्रहार गरेका छन् । जडिबुटीस्थित रमण काफ्लेले सालो दिपेशमाथि खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ ।

    दिपेशको घाँटीको पछाडि भागमा उनले खुकुरीले हानेको बताइएको छ । खुकुरी प्रहारबाट सिकिस्त दिपेशको मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    भिनाजु काफ्लेलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार