काठमाडौं । चितवनमा गैंडाका दुई बच्चा मृत फेला परेका छन् । खाग नै नपलाएका गैंडाका दुईवटा बच्चा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
पश्चिम क्षेत्र अमलटारीको मर्दी घोलमा एउटा र माडी बगइ रिउ खोला आडमा गैंडाको अर्को बच्चा मृत फेला परेको हो । सोमबार निकुञ्जको टोलीले गैंडाका ती बच्चा मृत भेटाएको थियो ।
२७ गते सोमबार मध्याह्न साढे १२ बजेतिर निकुञ्जको पश्चिम क्षेत्र अमलटारी मर्दी घोलको नरायणी नदीको भंगालोमा गस्ती टोलीले गैंडाको सात महिना जतिको केटी (बच्चा) मृत फेला पारेको थियो । खाग पनि नपलाएको सो गैंडाको बच्चालाई भाले गैंडाले आक्रमण गरेर मारेको निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए ।
त्यसैगरी २७ गते नै माडी नगरपालिका-९ बगइ रिउ खोला आडको काँसघारीमा अन्दाजी ६ महिनाको गैंडाको बच्चा मृत भेटिएको छ । गैंडालाई बाघले आक्रमण गरेर मारेको सूचना अधिकारी तिवारीले बताए ।
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend