Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तनहुँबाट लागुऔषध सहित युवक पक्राउ


    बुधबार, चैत्र २९ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • तनहुँ । प्रहरीले तनहुँको आँबुखैरेनीबाट लागु औषध सहित एक जना युवकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भिमाद नगरपालिका–९ बुच्चाखानी घर भएका २२ वर्षीय बिबश गुरुङ छन् ।

    मंगलबार पक्राउ परेका गुरुको साथबाट ६७५ ट्याब्लेट नाइट्राभेट बरामद गरिएको आँबुखैरेनीका इन्स्पेक्टर गायत्रीराज शर्माले जानकारी दिए ।

    मुग्लिङ तर्फबाट आबुखैरेनी आउँदै गरेको ग.१ ख १९४६ नम्बरको बसलाई चेकजाँच गर्दा गुरुङको साथमा लागुऔषध भेटिएको थियो ।

    आरोपी विरुद्ध लागुऔषध नियन्त्रण ऐन–२०३३ अनुसार म्याद लिएर इलाका प्रहरी कार्यालय आँबुखैरेनीले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार