Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काम गरेको ज्याला माग्दा पोलमा बाँधेर कालो मोसो दलेर कुटपिट गर्ने साहु पक्राउ


    बुधबार, चैत्र २९ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • महोत्तरी। महोत्तरीमा एक मजदुरले आफूले काम गरेको ज्याला माग्दा मजदुरलाई अमानवीय व्यवहार गर्दै पोलमा बाँधेर कुटपिट गर्ने साहु पक्राउ परेका छन् । महोत्तरीको लोहारपट्टी नगरपालिका–६ का २१ वर्षीय मोबारक नदाफमाथि दुर्व्यवहार भएको हो ।

    नदाफलाई साहुले चोरीको आरोप लगाउँदै बीच बजारमा पोलमा बाधेर कालो मोसो दली हात बाँधी कपाल मुण्डन गरी कुटपिट गर्दै अमानविय व्यवहार गरेका हुन्।

    पैसा दिन्छु भनेर बोलाई सोहि ठाउँ बस्ने साहु ३४ वर्षीय कृष्णा मिश्र भन्ने आनन्द मिश्रले पैसा दिनुको सट्टा चोरीको अरोप लगाएरे लोहारपट्टी चोक अमानविय व्यवहार गरेका हुन् ।

    नदाफले भने, “धेरै दिनदेखि ठेकेदार मिश्रसँग मैले आफ्नो ज्याला मागेँ तर दिन नमाने पछि रिस उठेर पैसा नदिए म ग्रिन्डर मेसिन र पंखा लैजान्छु भनेर त्यो औजारहरु घर लिएर आएँ । अनि चैत्र २३ गते ठेकेदारले मेरो समान लिएर आउनु म पैसा दिन्छु भनेर लोहारपट्टीको चौकस्थित शिव आश्रममा बोलाए पछि जाँदा पैसा दिनुको सट्टा चोरीको अरोप लगाउँदै पोलमा बाधेर मोसो दली हात बाँधी कपाल मुण्डन गरी कुटपिट गर्दै अमानविय व्यवहार गरे।”

    घटनापछि पीडित नदाफले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा चैत्र २७ गते उजुरी गरे पश्चात प्रहरीले सोहि दिन घटनामा संलग्न कृष्णा मिश्र भन्ने आनन्द मिश्रलाई पक्राउ गरेको छ ।

    पीडि़त नदाफ ऊपर समेत अर्को पक्षबाट चोरीको आरोप लागेको हुँदा उनलाई समेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    अमानवीय अपमानजनक व्यवहार कसुरमा पाँच वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार