महोत्तरी। महोत्तरीमा एक मजदुरले आफूले काम गरेको ज्याला माग्दा मजदुरलाई अमानवीय व्यवहार गर्दै पोलमा बाँधेर कुटपिट गर्ने साहु पक्राउ परेका छन् । महोत्तरीको लोहारपट्टी नगरपालिका–६ का २१ वर्षीय मोबारक नदाफमाथि दुर्व्यवहार भएको हो ।
नदाफलाई साहुले चोरीको आरोप लगाउँदै बीच बजारमा पोलमा बाधेर कालो मोसो दली हात बाँधी कपाल मुण्डन गरी कुटपिट गर्दै अमानविय व्यवहार गरेका हुन्।
पैसा दिन्छु भनेर बोलाई सोहि ठाउँ बस्ने साहु ३४ वर्षीय कृष्णा मिश्र भन्ने आनन्द मिश्रले पैसा दिनुको सट्टा चोरीको अरोप लगाएरे लोहारपट्टी चोक अमानविय व्यवहार गरेका हुन् ।
नदाफले भने, “धेरै दिनदेखि ठेकेदार मिश्रसँग मैले आफ्नो ज्याला मागेँ तर दिन नमाने पछि रिस उठेर पैसा नदिए म ग्रिन्डर मेसिन र पंखा लैजान्छु भनेर त्यो औजारहरु घर लिएर आएँ । अनि चैत्र २३ गते ठेकेदारले मेरो समान लिएर आउनु म पैसा दिन्छु भनेर लोहारपट्टीको चौकस्थित शिव आश्रममा बोलाए पछि जाँदा पैसा दिनुको सट्टा चोरीको अरोप लगाउँदै पोलमा बाधेर मोसो दली हात बाँधी कपाल मुण्डन गरी कुटपिट गर्दै अमानविय व्यवहार गरे।”
घटनापछि पीडित नदाफले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा चैत्र २७ गते उजुरी गरे पश्चात प्रहरीले सोहि दिन घटनामा संलग्न कृष्णा मिश्र भन्ने आनन्द मिश्रलाई पक्राउ गरेको छ ।
पीडि़त नदाफ ऊपर समेत अर्को पक्षबाट चोरीको आरोप लागेको हुँदा उनलाई समेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।
अमानवीय अपमानजनक व्यवहार कसुरमा पाँच वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था छ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend