Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नक्कली वकिल बनेर ३१ लाख ठगी


    मंगलबार, चैत्र २८ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नक्कली वकिल बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कानुन व्यवसायी हुँ भनेर बैंकिङ कसुर मुद्दामा थुनामा रहेका मानिस छुटाइदिन्छु भनेर ३१ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा जाजरकोटको छेडागाड नगरपालिका–१२ घर भएका ४९ वर्षका मानबहादुर सिंह रहेका छन् । उनले भरतबिक्रम सिंह, भक्तबहादुर सिंह र भरतबहादुर सिंह नाम प्रयोगमा ल्याउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    उनले अरुकै नामको कानुन व्यवसायीको लाइसेन्स र सवारी चालक अनुमतिपत्र प्रयोगमा ल्याएको भेटिएको प्रहरीले जनाएको छ । उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट अनुमति लिइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार