Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने पक्राउ


    सोमबार, चैत्र २७ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा झापा, झापा गाउँपालिका-६ स्थायी ठेगाना भएका २० वर्षीय कादिर मोमिनलाई प्रहरीले पक्राउ गरेको छ ।

    सामाजिक सञ्जाल फेसवुक र टिकटकमा पीडित महिलाको चरित्र हत्या हुने खालका अश्लील शब्दहरू लेख्नुको साथै अन्यको शरीर जोडिएको तस्बिर र भिडियोहरू पोष्ट गरी दुःख हैरानी दिई चरित्र हत्या हुने कार्य गरेको भन्ने उजुरीको आधारमा साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा उनलाई झापा गाउँपालिका-६ बाट पक्राउ गरेको हो ।

    उनी उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा ४ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार