Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा जुटेन सहमति


    शनिबार, चैत्र २५ २०७९
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक समितिमा लिनुपर्ने बताएका छन्। आज सिंहदरबारस्थित सभामुखको कार्यालयमा बसेको शीर्ष तीन दलका नेताहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले छलफलमा संसद्लाई गतिशील बनाउने कुरामा छलफल भएको बताए । अहिले प्रारम्भिक रूपमा छलफल भएको र केही दिनमै पुन: बैठक बस्ने पनि उनले जानकारी दिए ।

    सभामुखको कार्यकक्षमा प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार