काठमाडौं । नयाँ शैक्षिक सत्रको लागि जनक शिक्षा सामग्री केन्द्रले विद्यालय तहका पाठ्यपुस्तक वितरण सुरु गरेको छ । नयाँ शैक्षिक सत्र आउँदो वैशाख २ गतेबाट सुरु हुँदैछ । केन्द्रले भक्तपुरको सानोठिमीसहित आठवटै क्षेत्रीय कार्यालयबाट पुस्तक वितरण सुरु गरेको हो ।
यस पटक भर्नासँगै विद्यार्थीको हातमा पनि पुस्तक पुर्याउने लक्ष्य केन्द्रले लिएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले प्रादेशिक कार्यालयले पहिलो चरणमा हिमाली जिल्ला, दोस्रोमा पहाडी र दुर्गम तथा अन्तिम चरणमा सुगम जिल्लामा पाठ्यपुस्तक बिक्री गरिने जानकारी दिए ।
उनका अनुसार आठवटै प्रदेश कार्यालयले एक हजार २६७ बिक्रेतामार्फत पाठ्यपुस्तक ढुवानी र बिक्री गरिनेछ । वैशाख ५ गतेभित्र देशैभरका सबै विद्यालयमा पाठ्यपुस्तक पुर्याइसक्ने केन्द्रको दाबी छ । यस पटक केन्द्रलाई कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तक छापेर बिक्री गर्ने जिम्मा दिइएको छ ।
जसका लागि एक करोड ५० लाख थान पाठ्यपुस्तक छाप्नुपर्ने हुन्छ । उनले छाप्नुपर्नेमध्ये एक करोड ४० लाख थान पाठ्यपुस्तक छपाइ पूरा गरेको दाबी गरे । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौँ। सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीमा माग सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छलफल थालेका छन्। शुक्रबार मन्त्री पोखरेलले डा.केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ, प्रदेश र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend