Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेटौंडाबाट लागूऔषधसहित तीन जना पक्राउ


    शुक्रबार, चैत्र २४ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा कन्चनपुरको भीमदत्त नगरपालिका-१८ स्थायी घर भई हाल नवलपरासी गैंडाकोट नगरपालिका-१ बस्ने २७ वर्षीय सन्तोष सिंह, चितवनको भरतपुर महानगरपालिका-२ बस्ने ३५ वर्षीय इश्वर श्रेष्ठ र सोही ठाउँ बस्ने ३४ वर्षीय रमेश घले रहेका छन् ।

    प्रहरीले उनीहरूको साथबाट लागूऔषध नाईट्रोभेट २९९ ट्याबलेटसमेत बरामद गरेको छ । आज दिउँसो १२:२० बजेको समयमा वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ह १३७२ नं. को अटोलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट सो परिणामको लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार