Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विदेशमा ज्यान गुमाएका नेपालीको बिमा रकम ठगी गर्ने ६ जना पक्राउ


    शुक्रबार, चैत्र २४ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। रोजगारका लागि विदेशमा रहेर ज्यान गुमाएका नेपालीहरूका परिवारलाई बिमावापतको रकम उपलब्ध गराइदिन्छु भन्दै आधाभन्दा बढी रकम आफैं खाने गिरोहका ६ जना पक्राउ परेका छन्।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा सर्लाहीका रूद्रमान गोले, प्रकाशबहादुर गोले, रवीन्द्र मोक्तान, विनोदकुमार लामा, डिकबहादुर मल्ल र काभ्रेका रामबहादुर तामाङ छन्।

    आफूहरू ठगिएको भन्दै दुई जनाले प्रहरीमा उजुरी गरेपछि कार्यालयले अनुसन्धान सुरू गरेको थियो।

    बिहीबार अभियुक्तहरूलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरिएको हो।

    उनीहरूले वैदेशिक रोजगारीमा ज्यान गुमाएका वा विदामा नेपाल आउँदा ज्यान गुमाएका व्यक्तिको परिवारलाई भेटी बिमा रकमका लागि प्रक्रिया सुरू गर्थे।

    कार्यालयका प्रमुख एसएसपी मनोज केसीका अनुसार गिरोहका सदस्यहरू विदेशमा मृत्यु भएका व्यक्तिको शव आउने दिन विमानस्थलसम्म पुग्थे र बिमाको रकम उपलब्ध गराइदिने आश्वासन दिन्थे।

    परिवारका सदस्यलाई उनीहरूले काठमाडौंका होटलमा राख्थे र सबै कागजात आफैंसँग लिएर बिमाको प्रक्रिया अघि बढाउँथे। उनीहरूको निशानामा मधेश प्रदेशका व्यक्तिहरू धेरै हुन्थे।

    ‘बिमाबापत् कसैले १४ लाख रुपैयाँ पाउने रहेछ भने उनीहरूले ८ लाख जति आफैं राख्ने, बाँकी पैसा मात्र परिवारले दिने गरेको अनुसन्धानबाट खुलेको छ,’ एसएसपी केसीले भने।

    पक्राउ परेका सबैमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार