काठमाडौं । प्रधानमन्त्रीको निजी सचिवका रुपमा उपसचिवसरहको कर्मचारी रहने प्रचलन रहँदैआएको थियो । तर सहसचिव नवराज ढुंगानालाई निजी सचिवमा राख्ने प्रयोजनकै लागि उपसचिवको दरबन्दीलाई सहसचिवस्तरको बनाइयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का निजी सचिवका रुपमा सहसचिव ढुंगाना कार्यरत छन् ।
उपसचिवले गर्दैआएको भूमिका सहसचिवले निभाउन थालेपछि अहिले प्रधानमन्त्रीका निजी सचिव ढुंगाना सबै मन्त्रालयका छायाँ सचिवको जस्तो देखिन्छन् । मन्त्रालयका सचिवहरु ढुंगानाकोमा धाइरहेको दृश्यले चेन अफ कमाण्डकै खिल्ली उड्न पुगेको छ । आफूमातहतका सहसचिवलाई कार्यकक्षमै बोलाएर झपार्ने सचिवहरु ढुंगानाकोमा भने चाकरीमा लुरुलुरु धाइरहेको दृश्यले निजामती प्रशासनकै हुर्मत लिएको छ । रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा सहसचिवको कार्यकक्षमै जाने गरेको देखेका निजामती कर्मचारीहरु प्रधानमन्त्रीका निजी सचिव ढुंगानाको कार्यकक्षमा अरु सचिवहरु समेत धाएको देखेपछि यो बिषयलाई सामान्य रुपमा लिन थालेका छन् ।
यसअघि प्रधानमन्त्री प्रचण्डले १६ वटा मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दा गृहमन्त्रालय उनकै मातहत थियो । मन्त्री नियुक्त नभएको मौका छोपी ढुंगानाले २५ भन्दा बढी प्रमुख जिल्ला अधिकारी र अध्यागमनका पदाधिकारी फेरबदल गरेका थिए । ढुंगानाकै चाहनाअनुसार र प्रधानमन्त्रीका सह स्वकीय सचिव गोकर्ण भट्टको समेत मिलेमतोमा अध्यागमन बिभाग र त्रिभुवन अन्तर्राष्छि«य विमानस्थलका कर्मचारी पँजनी गरिएको छ ।

अध्यागमनको विभागको महानिर्देशकमा ढुंगानाकै गृहजिल्लाका झलकराम अधिकारीलाई महानिर्देशक बनाइएको छ भने विमानस्थल अध्यागमनको प्रमुखमा उनकै नातेदार र कास्की नै घर भएका रामबन्धु सुवेदीलाई लगिएको छ । गृहका एक अधिकारीका अनुसार सुवेदी यसअघि भरतपुर महानगरको प्रमुख प्रशासकीय अधिकृत हुँदा मेयर रेणु दाहालमार्फत् प्रधानमन्त्रीसँग निकट सम्बन्ध भए पनि उनी ढुंगानाका आफन्त समेत हुन् ।
त्यस्तै, एयरपोर्ट अध्यागमनमा पनि आफूअनूकुलको सेट नै लगेर भिजिट भिसादेखि विभिन्न धन्दाको सेटिङ मिलाउने काम ढुंगानाबाट भएको स्र्रोतको दाबी छ । ढुंगाना ४ बर्षअघि भिजिट भिसामा मानवतस्करी गर्ने समूहका नाइके जस्तै थिए । उनी त्यो समयमा विमानस्थलको बरिष्ठ अध्यागमन अधिकृतमा कार्यरत थिए । उनीसमेतको सेटिङमा दुबई जस्ता मुलुकमा भिजिट भिसामा हजारौं कामदार पठाएको र ती अलपत्र परेपछि १३ जना अध्यागमनका कर्मचारीका बिरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा नै दायर गरेको थियो । अध्यागमन अधिकृत कमलप्रसाद पराज्ुलीलाई बिशेषले दोषी ठहर गरेको भए पनि बाँकीले सफाइ पाइसकेका छन् ।
गृहमन्त्रालयमा मन्त्री आउनुअघि नै आफूनिकटका सहसचिवहरु ल्याउन पनि ढुंगाना सफल भएका छन् । ढुंगानाको योजनामा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बहाली गर्नुपूर्व नै दर्जनौं प्रजिअ र अध्यागमनका अधिकारीहरु फेरबदल गरिएको थियो । २ महिना पनि नपुगी प्रजिअहरुलाई सहायक प्रजिअमा घटुवा गर्दैै खटाइएको थियो । यीमध्ये धेरै खटाइएको ठाउँमा पुगिसकेका छन् भने केही संघीय सरकारमा निकायमै दरबन्दी मिलान गर्दै बसेका छन् । केही कांग्रेसका नेताले पाएका मन्त्रालयमा ब्यवस्थापन हुने दाउमा छन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend