Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्माण व्यवसायीलाई चैत्रभित्र इजाजतपत्र नवीकरण गर्न भौतिक मन्त्रालयको निर्देशन


    बिहिबार, चैत्र २३ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीलाई चैत्र मसान्तभित्र इजाजतपत्र नवीकरण गर्न निर्देशन दिएको छ । मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले आज एक सूचना जारी गर्दै इजाजत नवीकरण चैत मसान्तभित्र गर्न निर्देशन दिएको हो ।

    ‘सार्वजनिक निर्माण कार्य गर्न दिइने इजाजतपत्रको अवधि प्रत्येक आर्थिक वर्षमा समाप्त हुने भएकाले इजाजतपत्रको अवधि समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण गराउनुपर्दछ,’ सूचनामा उल्लेख छ ।

    उक्त अवधिभित्र नवीकरण नगर्ने व्यवसायीले म्याद नाघेको छ महिनाभित्र थप दस्तुर तिरेर नवीकरण गराउन सक्छन् । छ महिनाभित्र नवीकरण नगरेमा इजाजतपत्र स्वतः खारेज हुने व्यवस्था रहेको मन्त्रालयले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार