Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


    बिहिबार, चैत्र २३ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले सिंहदरबारबाट उनलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा गुल्मी छत्रकोट गाउँपालिका–४ घर भई काठमाडौं कलंकी बस्ने ४९ वर्षीय दिपक न्यौपाने हुन् ।

    न्यौपानेलाई २०७८ मंसिर २७ गते उच्च अदालत पाटनको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र २२ लाख ४४ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार