Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्वेन्द्र खनालको घर देखाएर रवि लामिछानेको पार्टीका केन्द्रीय सदस्य थापाको ठगीधन्दा


    बिहिबार, चैत्र २३ २०७९
    2.7K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले देशको कायाकल्प गर्ने नारा लगाउँदैआएको छ । देश बनाउँछु भन्ने पार्टीका नेताहरु भने विवादै विवादमा परेकाहरुमात्र छन् । लामिछानेले हुन्डी कारोबारदेखि म्यानपावरमा ठगी गर्ने र अमेरिकामा अनेक विवादमा मु्छिएकाहरु केन्द्रीय सदस्य रहेको बिषय मिडियामा आइरहेको छ । अबैध हुन्डी कारोबार गर्ने डोलप्रसाद अर्याल (डीपी)लाई त लामिछानेले सांसदमात्र होइन, ४२ दिने सरकारमा श्रम मन्त्री नै बनाए ।

    म्यानपावर ब्यवसायीलाई श्रममन्त्री बनाएकोमा लामिछानेको आलोचना समेत भयो । तर आत्मालोचना गर्नतिर भन्दा लामिछानेले आलोचना गर्नेहरुलाई १२ भाइको संज्ञा दिएर बिषयान्तर गरे । रास्वपाको केन्द्रीय सदस्यमा अर्का म्यानपावर ब्यवसायी देवेन्द्र बजगाई छन् । उनको डीडी म्यानपावर पनि कामदारकै सवालमा खारेजमा परेको थियो ।

    त्यस्तै अर्का केन्द्रीय सदस्य बिष्णुकुमार श्रेष्ठ भने लामिछाने गृहमन्त्री हुनासाथ सशस्त्र प्रहरी बलको ३५ करोडको ठेक्का हात पार्ने खेलमा लागेको भेद खुलिसकेको छ ।

    अमेरिकामा विवादमा परेका केन्द्रीय सदस्य मोहनजंग थापा भने ठगीधन्दामा मुछिएका छन् । अमेरिका निवासी थापा ठगीधन्दामा संलग्न रहँदै आएको रहस्य खुलेको हो । अमेरिका बसेर नेपाल आवत–जावत गर्ने थापाले नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनालको शिक्षण अस्पताल महाराजगंजको पछाडिपट्टि बसुन्धरा चक्रपथभित्र रहेको घर बैना गराइदिने नाममा जापानबाट पैसा मगाएर २५ लाख रुपैयाँ ठगी गरेको खुलाासा भएको छ ।

    थापा अमेरिकामा पटक–पटक जेल पर्दै छुट्दै आएका व्यक्ति हुन् । उनले रवि लामिछानको नाम लिएर पार्टीको स्थापनाकालदेखि नै ठगी गर्दै आएका घटना एकपछि अर्को गरी सार्वजनिक भइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा पैसा उठाएका थापाले पीडितहरुलाई उल्टै धम्की दिने गरेको कुरा पनि ब्यवसायीहरुबाटै बाहिर आएको छ ।

    अमेरिकी बैंकको चेक दिएर विभिन्न व्यक्तिहरुलाई लाखौं रकम ठगी गर्दै आएका थापाले जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीलाई आफूले नै लगेको भन्दै पीडितहरुलाई उल्टै धम्क्याउदै आएको पनि खुलेको छ ।

    थापाले केसी थरका एक व्यवसायीबाट पनि ७५ लाख रकम ठगी गरेका छन् । तर त्यो पैसा पटक पटक फिर्ता माग्दा पनि नदिई उल्टै धम्की दिने गरेका छन् । रवि लामिछाने गृहमन्त्री छँदा थापाले प्रहरीको सरुवा बढुवा गराइदिने भनेर असुली सुरु गरेको आरोप लाग्दैआएको छ । उनले आफूलाई अमेरिकाको ठूलो व्यवासायी भएको भ्रम छर्दै ठगी गर्ने गरेका छन् ।

    थापाविरुद्ध अमेरिकामा ५० बढी मुद्दा चलेको स्रोतको दावी छ । जसमध्ये अधिकांश मुद्दामा उनी दोषी ठहर भएका छन् । उनी फर्जी लाइसेन्स र परिचयपत्र बनाएकोमा दोषी ठहर भएर अमेरिकाको जेल परेका व्यक्ति समेत हुन् ।

    थापाविरुद्धको नक्कली सवारी चालक परिचयपत्र (लाइसेन्स) र परिचयपत्र बनाएको जस्तो गम्भीर मुद्दा पनि लागेको थियो । उक्त प्रकरणमा २००२ अक्टोबरमा पक्राउ परेर थापालाई जेल सजाय भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार