Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दाङको बसपार्कमा डिजेल चोर्ने गिरोह पक्राउ


    बुधबार, चैत्र २२ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दाङको तुलसीपुरमा रहेको बसपार्कमा पार्कीङ गरिराखेको बसबाट डिजेल चोरी गर्ने गिरोह पक्राउ परेको छ । जीपसहित उक्त गिरोह पक्राउ परेको हो ।

    पक्राउ पर्नेमा तुलसीपुर–९ बेलुवा निवासी २१ वर्षका विशाल रावत र रानीजरुवा निवासी १९ वर्षका नविन केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुर प्रवक्ता तथा प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।

    ना४ख ६४९५ नम्बरको बसबाट आज बिहान २ बजे डिजेल झिक्दै गर्दा दुवैजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट २० लिटर डिजेल, ३०-३० लिटरका दुईवटा ग्यालीन र डिजेल बोक्न प्रयोग गरिने ना४च ५७८७ नम्बरको जीपसमेत प्रहरीले बरामद गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार