काठमाडौं । भन्सारछली गरी भित्र्याएका सामानको चेक जाँच गर्ने र राजस्व चुहावट नियन्त्रण गर्ने अभिभारा पाएको राजस्व अनुसन्धान विभागमा महानिर्देशक छिटोछिटो परिवर्तन हुँदा लक्ष्य अनुरुप उपलब्धी हासिल हुन नसकेको अवस्था छ ।
बिभागको महानिर्देशकमात्र होइन, राजस्व अनुसन्धान कार्यालयका प्रमुखहरु समेत ३–३ महिनामा परिवर्तन गर्ने चलखेल भएको छ । राजस्व अनुसन्धान कार्यालयमा भन्सार छली तस्करी नियन्त्रण गर्न महत्वपूर्ण योगदान गर्ने कार्यालय प्रमुखहरुलाई ३ महिनामै सरुवा गर्ने र राजनीतिक पहुँचका आधारमा सरुवा गर्ने खेल भएको छ । राजस्व अनुसन्धान कार्यालय बुटवलको प्रमुख प्रेमप्रसाद देवकोटालाई ३ महिनामै परिवर्तन गर्ने चलखेल सुरु भएको छ । केही समयअघि मात्रै भन्सार छली भित्र्याएको १६ सय बोरा चिनी बरामद गरेका देवकोटालाई पुरस्कृत गर्नुपर्नेमा उल्टै तीन महिनामै सरुवा गरी दण्डित गर्न लागिएको छ ।
अर्थतन्त्रमा संकटग्रस्त भएको समयमा भन्सार छली तस्करी नियन्त्रण गर्ने र राजस्व असुलीमा अहोरात्र लागेका देवकोटालाई ३ महिनामै सरुवा गरी मनोबल गिराउने काम गर्नु नहुने अडान राजस्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटाले राखे पनि प्रधानमन्त्री प्रचण्डका निजी सचिव नवराज ढुंगानाले उपसचिव पशुपतिबाबु पुरीलाई बुटवल, तीर्थ खनाललाई कोहलपुर सरुवा गर्न दबाब दिइरहेका छन् ।
यसअघि यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र एकान्तकुनामा कार्यरत रहँदा २०७४ साल माघ १ देखि फागुन २५ सम्म जारी गरेका कार, जिप र डेलिभरी भ्यानको लाइसेन्सको प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी अनुत्तीर्णलाई उत्तीर्ण गराएको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेका तेजनारायण यादवलाई बालुवाटारकै दबाबमा राजस्व अनुसन्धान विभागको सबैभन्दा आकर्षक मानिने पथलैया कार्यालयको प्रमु्खमा सरुवा गरिएको छ । महानिर्देशक सापकोटाले त्यस्ता विवादित र विशेष अदालतमा सेटिङ गरी मुद्दा जितेर आएका यादवलाई सरुवा गर्न इन्कार गर्दा पनि प्रधानमन्त्री कार्यालयको दबाबमा गर्न बाध्य भएका थिए ।
लाइसेन्स परीक्षामा सहभागी नै नभएका कैंयौको नाम थपघट गरेका गरेका यादवले विशेषबाट सफाइ पाएपछि लुम्बिनी यातायात कार्यालयमा समेत खुलेआम सवारी अनुमतिपत्र बिक्री गरेको आरोप लागेको थियो । प्रतिलाइसेन्स ३० हजारदेखि ४० हजार रुपैयाँ लिएर वितरण गरेको अख्तियारको अनुसन्धान टोलीले विशेष अदालतमा मुद्दा दर्ता गरे पनि रजिष्टार अशोक क्षेत्रीसँग सेटिङ गरी मुद्दा जितेका थिए । तिनै यादवले नवराज ढुंगानामार्फत् प्रधानमन्त्री प्रचण्डकी छोरी गंगालाई रकम कलम बुझाएर पथलैया राजस्वमा सरुवा भएको स्रोतको दाबी छ ।
उपसचिव पशुपतिबाबु पुरी प्रधानमन्त्री प्रचण्डलाई भेटेरै अनुनय बिनय गरी बुटवल राजस्व कार्यालयमा सरुवा हुने कोसिसमा छन् । पुरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण ब्यवसायीका कम्पनीको नवीकरण र अनुमति दिने शाखामा ५ बर्षदेखि कार्यरत छन् । उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकाट प्रधानमन्त्री कार्यालयमा सरुवा भइसकेका छन् ।
इटहरी राजस्व कार्यालयमा सरुवा हुनका लागि शशीकुमार लम्सालको दौड चलेको छ । उनले पनि खानेपानी मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भइसकेका छन् । खानेपानी मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका प्रमुख शोभाकान्त पौडेलको योजनामा उनी प्रधानमन्त्री कार्यालयमा सरुवा भएको स्र्रोत बताउँछ । पौडेल राजस्व अनुसन्धान विभागको महानिर्देशक हुने दाउमा भएकाले लम्साललाई पहिला नै पठाएका हुन् । लम्साल पूर्वमन्त्री उमाकान्त चौधरीका निजी सचिव थिए । उमाकान्तको पीए हुँदा लगेको स्कोरपियो गाडी उनले अझै पनि प्रयोग गर्दैआएका छन् ।
तीर्थ खनाल राजस्व अनुसन्धान विभागमै बसी अकूत कमाइ गर्न पल्केका उपसचिव हुन् । उनी कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको खर्चपर्च ब्यहोर्ने हुँ भन्ने गर्दछन् । उनी केही समयअघिसम्म राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख थिए । राजस्वमा बसी तर मार्न पल्किएका उनी इटहरीपछि कोहलपुरमा सरुवा हुन कांग्रेस महामन्त्री शर्मामार्फत् लागिरहेका छन् । कोहलपु्र राजस्वका सुरेश जोशीको सरुवा भएको पनि ३ महिनामात्रै भएको छ ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक सापकोटा भन्सार छली तस्करी नियन्त्रण गर्न लागेका छन् । तर मातहतका कार्यालयमा विवादित र अख्तियारले डामेकाहरु प्रमुख भएपछि उनको मिसन कसरी सफल हुन्छ ? राजस्वकै एक अधिकृतले भने ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend