Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सालकको खपेटासहित दुईजना पक्राउ


    बुधबार, चैत्र २२ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • भक्तपुर। चाँगुनारायण नगरपालिका-२ बर्खेबाट ९९८ ग्राम तौल भएको सालकको खपेटासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा चाँगुनारायण नगरपालिका-२ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ घर भएका २२ वर्षीय आसुतोष थपलिया र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भएका २६ वर्षीय अमृत गजमेर रहेका छन् ।

    विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले बाग्मती प्रदेश ०२-०२० प ८४९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त तौलको खपेटासहित फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार