पर्सा । बीरगंज यातायात कार्यालय पर्सा वीरगञ्जमा आएका सेवाग्राहीहरूलाई काम छिटोछरितो गरिदिन्छु भनी बार्गेनिङ गर्ने, कार्यालय परिसरभित्र फाइल च्यापी भित्र बाहिर गर्ने, प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सेवाग्राहीहरूलाई अनावश्यक हैरानी दिने ११ जना बिचौलियाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
बिचौलियाहरुका बारेमा पटक–पटक जनगुनासो प्राप्त हुन आएकाले मंगलबार दिउँसो १ बजे जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले अनुगमन गर्दा सो कार्य गर्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुलाई ७ दिनको म्यादथप गरिएको छ ।
पक्राउ पर्ने बिचौलियाहरुमा वीरगञ्ज महानगरपालिका वडा नं १२ रानीघाट बस्ने वर्ष २५ का आलोककुमार यादव, बीरगंज १३ बस्ने बर्ष ४५ का किशोरकुमार दयाल, वडा नं १५ बस्ने बर्ष ४० का दिपलाल साह छन् ।
बीरगंज मनपा वडा नम्बर १३ का ४६ बर्षीय रामबाबु झा, बीरगंज मनपा ३ बस्ने वर्ष ३७ का रंजित गुप्ता, वडा नम्बर ११ बस्ने वर्ष २३ का लालबाबु महतो, वीरगञ्ज मनपा वडा नं.११ मुर्ली बस्ने वर्ष ४५ का राजेश लामा छन् ।
पर्साको कालिकामाई गाउँपालिका वडा नं ४ बस्ने वर्ष ४० का राजेश महतो, बारा परवानीपुर गाउँपालिका वडा नं ५ नौतन बस्ने वर्ष ४५ का दरोगा दास, बारा प्रसौनी गा.पा वडा नं ३ नौतन बस्ने वर्ष २५ को दिपु महतो तत्मा, बारा प्रसौनी ६ बस्ने वर्ष ३० का मुकेश साहलाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी निर्मल बुढाथोकीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend