पर्सा । बीरगंज यातायात कार्यालय पर्सा वीरगञ्जमा आएका सेवाग्राहीहरूलाई काम छिटोछरितो गरिदिन्छु भनी बार्गेनिङ गर्ने, कार्यालय परिसरभित्र फाइल च्यापी भित्र बाहिर गर्ने, प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सेवाग्राहीहरूलाई अनावश्यक हैरानी दिने ११ जना बिचौलियाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
बिचौलियाहरुका बारेमा पटक–पटक जनगुनासो प्राप्त हुन आएकाले मंगलबार दिउँसो १ बजे जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले अनुगमन गर्दा सो कार्य गर्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुलाई ७ दिनको म्यादथप गरिएको छ ।
पक्राउ पर्ने बिचौलियाहरुमा वीरगञ्ज महानगरपालिका वडा नं १२ रानीघाट बस्ने वर्ष २५ का आलोककुमार यादव, बीरगंज १३ बस्ने बर्ष ४५ का किशोरकुमार दयाल, वडा नं १५ बस्ने बर्ष ४० का दिपलाल साह छन् ।
बीरगंज मनपा वडा नम्बर १३ का ४६ बर्षीय रामबाबु झा, बीरगंज मनपा ३ बस्ने वर्ष ३७ का रंजित गुप्ता, वडा नम्बर ११ बस्ने वर्ष २३ का लालबाबु महतो, वीरगञ्ज मनपा वडा नं.११ मुर्ली बस्ने वर्ष ४५ का राजेश लामा छन् ।
पर्साको कालिकामाई गाउँपालिका वडा नं ४ बस्ने वर्ष ४० का राजेश महतो, बारा परवानीपुर गाउँपालिका वडा नं ५ नौतन बस्ने वर्ष ४५ का दरोगा दास, बारा प्रसौनी गा.पा वडा नं ३ नौतन बस्ने वर्ष २५ को दिपु महतो तत्मा, बारा प्रसौनी ६ बस्ने वर्ष ३० का मुकेश साहलाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी निर्मल बुढाथोकीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend