Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पञ्चपुरीका पूर्व मेयर थापासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा


    मंगलबार, चैत्र २१ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पञ्चपुरी नगरपालिकाका पूर्व मेयर उपेन्द्रबहादुर थापासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    पञ्चपुरी नगरपालिकाले उद्यमशीलता साझेदारी परियोजनाअन्तर्गत नमुना गाउँ निर्माण कार्यक्रम सञ्चालनको लागि नमुना समाज सुर्खेतसँग सम्झौता गरी रकम भुक्तानी गर्दा २ करोड २० लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मंगलवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    अख्तियारले पञ्चपुरी नगरपालिकाका तत्कालीन नगर प्रमुख उपेन्द्रबहादुर थापाविरुद्ध ५० लाख विगो कायम गरी मुद्दा दायर गरेको छ । यसैगरी पञ्चपुरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरी विरुद्ध ३० लाख,अर्का प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटाविरुद्ध २० लाख र लेखा अधिकृत मोहन बहादुर बुढाविरुद्ध ५० लाख रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार