Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • जनकपुरधाममा अवैध कल सेन्टर सञ्चालन गरेर अनलाइन ठगी, २३ जना पक्राउ


    मंगलबार, चैत्र २१ २०७९
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। जनकपुरधाममा अवैधरूपमा सञ्चालनमा रहेको कल सेन्टरबाट प्रहरीले ९ महिला र १४ जना पुरुष गरेर २३ जनालाई पक्राउ गरेको छ। कल सेन्टर चलाएर अनलाइन ठगी कारोबारमा सङ्लग्न रहेको आरोपमा उनीहरुलाई धनुषा प्रहरीले पक्राउ गरेको हो।

    पिडारी चोक नजिक रहेको बीरबहादुर राउतको घरको दोस्रो तलामा गैरकानुनी रुपमा कल सेन्टर चलाएर शंकास्पद गतिविधि गरिरहेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

    कल सेन्टरका मुख्य सञ्चालक भने फरार रहेको प्रहरीको भनाइ छ।

    हिजो सोमबार बेलुकी खानतलासी गर्दा कल सेन्टर सञ्चालन गर्न ३० वटा कम्प्युटरमा इन्टरनेट जडान गरी काम भइरहेको पाइएको थियो।

    साथै थप ६० वटा कम्प्युटर इन्टरनेट जडान गर्ने तयारीमा राखिएको थियो। ९० थान कम्प्युटर, २ वटा मोटरसाइकल पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए।

    ‘कम्प्युटरमा अनलाइनमा बसेर उनीहरू विभिन्न एप्स खोलेर चलाइरहेका स्रोतले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार