काठमाडौं । सरकारी निकायको कमजोर उपस्थिति र गलत तत्वसँगको साँठगाँठका कारण भारत र नेपालका विभिन्न नाकाबाट राजस्व छली र तस्करी गरी करोडौं मूल्यका वस्तु तथा कपडा आयात हुने क्रम रोकिन सकेको छैन ।
तस्करी हुने क्रम बढे पनि त्यसलाई रोक्ने जिम्मेवारीमा रहेको राजस्व अनुसन्धान विभागले नाकाहरूमा कडाइ गर्न नसकेको गुनासा बढेका छन् । विभाग र सुरक्षाकर्मीको फितलो उपस्थितिका कारण सीमाक्षेत्रमा कपडा, चिनी, रड, सिमेन्ट, खाद्यान्न, हार्डवेयरजस्ता सामानहरूको तस्करी हुने क्रम नरोकिएको हो ।
राजस्व अनुसन्धान विभागमा राजनीतिक हस्तक्षेप भई विभागको नेतृत्व अस्थिर बन्न पुग्दा त्यसको फाइदा तस्करहरूले उठाउने गरेको सरकारी अधिकारीहरूकै दाबी छ । राजस्व अनुसन्धान विभागमा एक वर्षभित्रै ४ जनासम्म महानिर्देशकहरू फेरिएका छन् ।
राजस्व अनुसन्धान विभाग अस्थिर बनेसँगै तस्करहरूले मौकाको फाइदा उठाउँदै तस्करीलाई व्यापक पारेका हुन् । राजस्व प्रशासन अस्थिर भएसँगै पछिल्ला केही समयदेखि सीमानाकामा राजस्व अनुसन्धान विभागको उपस्थिति पनि कमजोर देखिँदै आएको छ ।
राजस्व अनुसन्धान विभाग स्रोतका अनुसार पछिल्ला दिनमा विभागमा नै ठूलाठूला तस्करीको आरोप लागेका व्यक्तिहरूले विभिन्न बहानामा ‘माथिको आदेश’ भन्दै महानिर्देशकलगायतका उच्च अधिकारीसँगको भेटघाटलाई तीव्र पारिरहेको बताइन्छ ।
फाइल खडा गरेर अनुसन्धान भइरहेको विषयका सम्बन्धित व्यक्तिलाई महानिर्देशकले कार्यालयमा नै भेट्नुलाई आचारसंहिताविपरीत मानिन्छ । यस्तो कार्यले थप शंका उब्जाएको छ । ‘अनुसन्धान भइरहँदा आरोपितलाई भेट्ने होइन बयान लिने हो’ –विभागका एक अधिकृतले भने । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend