Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खैरोहेरोइनसहित पर्साबाट एक युवक पक्राउ


    सोमबार, चैत्र २० २०७९
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकबाट प्रहरीले लागूऔषध खैरोहेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–१२ शितलपुर बस्ने २२ वर्षीय दिपक यादव रहेका छन् ।

    आरोपीको साथबाट ३ ग्राम ८ सय ९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    आइतबार साँझ प्रहरी चौकी ईनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगञ्जबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतको रक्सौलबाट नेपालतर्फ आउँदै गरेका अवस्थामा उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार