Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कैलालीबाट लागूऔषधसहित एक जना पक्राउ


    शनिबार, चैत्र १८ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कैलालीबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भजनी नगरपालिका–७ चर्राका २३ वर्षीय इन्द्रबहादुर कठरिया लागूऔषधसहित पक्राउ परेका हुन् ।

    शुक्रबार इलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी निरीक्षक मानसिंह ऐरीको कमाण्डमा खटिएको प्रहरी टोलीले ३३ ग्राम लागूऔषधसहित कठरियालाई पक्राउ गरेको छ ।

    उनलाई लागूऔषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार