महोत्तरी । महोत्तरीमा आफ्नै बुवाले छोरीलाई बलात्कार गरेर गर्भवती बनाएको घटना बाहिरिएको छ । जिल्लाको बर्दिबास-११ स्थित खयरमारा बस्ने १३ वर्षीय आफ्नै छोरी (संगिता नाम परिवर्तन)लाई आमा नभएको मौका छोपी बलात्कार गरेर गर्भवती बनाएको खुलासा भएको हो ।
पीडित वालिकाकी आमा सुनिता सिन्दन(नाम परिवर्तन)का अनुसार उनी गर्भवती भएको तीन दिन अगाडिमात्र थाहा भयो ।
‘छोरीको १२ वर्षकै उमेरमा रजश्वला भएको थियो । चार महिनादेखि रजश्वला नभएपछि मलाई शंका लाग्यो अनि छोरीलाई सोध्दा त त्यो गर्भ आफ्नै श्रीमान्को पो रहेछ,’ सुनिताले भनिन् ।
अहिले पीडित वालिकालाई खयरमारा बजारस्थित आफन्तका राखिएको छ । वालिकाका ३४ वर्षीय बुवा रामबहादुर सिंन्तान भने घटना बाहिरिएसँगै फरार भएका छन् ।
कसरी भयो घटना ?
रामबहादुरका एक छोरा र दुई छोरी छन् । पीडित संगिता जेठी छोरी हुन भने अन्य दुई जना सानै छन् । आर्थिकरुपमा निक्कै कमजोर रहेको यो परिवार मजदुरी गर्न धादिङ्गको विवि इटाभट्टामा काम गर्दै आएको थियो ।
विवि इटाभट्टामा काम छोडेर सपरिवार असोजतिर कामकै खोजीमा भक्तपुर पुगेको थिग्यो । श्रीमान् रामबहादुर र सुनिता दिउँसोसँगै मजदुरी गर्न निस्कन्थे । कहिलेकाहिँ सन्च भएन भन्दै रामबहादुर घरमै बस्थे अनि विविमाया एक्लै काम गर्न जान्थिन् ।
कुरो कात्तिक महिनातिरको हो । सुनिता माइत गएकी थिइन् । पीडित वालिका संगिताका अनुसार बुवा रामबहादुरको गिद्दे नजर त्यही समयदेखी पर्यो ।
‘मम्मी मामाघर गएको बेला भाइ, बहिनी सुते अनि मलाई बाबाले जवर्जस्ती करणी गर्नुभयो,’ पीडित बालिकाले भनिन्, ‘मेरो मुख छोप्नुभयो, कराएमा मार्ने धम्की दिनुभयो । मलाई पटक-पटक करणी गर्नुभयो ।’ यो विषयमा कसैलाई भने परिवारका सबै सदस्यलाई मारिदिने धम्कि दिनेगरेको उनले बताइन् । काममा समेत सन्चो भएन भन्दै घरमै बस्ने र छोरीलाई जबरजस्ती गर्ने गरेको छोरीले नै भनेपछि थाहा पाएको सुनिता बताउँछिन् ।
कसरी थाहा भयो गर्भवती भएको ?
महोत्तरीको खयरमारास्थित पूर्विखोलामा बस्ने सुनिताका काकाको ७ मंसिरमा मृत्यु भयो । त्यसै कारण काकाको क्रिया वार्न विविमाया २० मंसिरमा पूर्विखोला गाउँमा आइन् । त्यतिन्जेलसम्म श्रीमान्ले छोरीलाई त्यसो गर्लान भन्ने उनले सोचेकी पनि थिइनन् ।
समयक्रमसँगै छोरी संगीताले वाकवाकी गर्ने र खाना खान पनि छाडिन् । रजश्वला नभएको पनि चार महिना बितिसकेको थियो । आमा सुनिताको शंका बढ्दै गयो । उनले छोरीलाई दर्जनौं पटक केरकार गरे पनि छोरीले त्यस्लाई टार्दै आइन् ।
असह्य भएपछि सुनिताले १५ चैत्रमा छोरीलाई दुई, चार झापड हानिन् । त्यसपछि बल्ल उन्ले मुख खोलिन् कि आफ्नो पेटमा हुर्किरहेको बच्चा आफ्नै बुवाको हो । विविमायाले आफू काकाको क्रिया वार्न महोत्तरी आएदेखिको गर्भ हुन सक्ने आशंका गरेकी छन् । यता पीडित वालिकाले पनि आमा महोत्तरी आएको बेला पटक-पटक करणी गरेको बताएकी छन् ।
पीडितलाई न्यायको लागी कहाँ पहल गर्ने थाहा नै छैन
आफ्नै छोरीमाथि निच हर्कत गर्ने श्रीमानलाई कसरी सजाय दिलाउने भन्ने विषयमा सुनिता अहिले चिन्तित्त छन् । घटनाको विषयमा उनीहरूले केही स्थानीय सञ्चारकर्मीलाई जानकारी गराए पनि अझैँ सुरक्षाकर्मीलाई घटनाको विषयमा जाहेरी दिन सकेका छैनन् ।
कम उमेर कि वालिकाको पेटमा रहेको बच्चाको विषयमा समेत आमा सुनिताले निक्कै चिन्ता ब्यक्त गरिन् । घटना निक्कै जघन्य भएकाले वालिकाको न्यायको लागी जस्तोसुकै कदम चाल्न पछाडी नपर्ने मानवअधिकार आयोग मधेश प्रदेश कि प्रमुख मन्जु खतिवडाले बताइन् ।
बालिकाको संरक्षण गर्न निर्देशन दिइसकेको छु : प्रहरी उपरीक्षक मल्ल
बर्दिबास-११ खयरमाराको उक्त घटनाको विषयमा ध्यानाकर्षण भएको जिल्ला प्रहरी कार्यालयका कार्यलय प्रमुख प्रकाश मल्लले बताए । बालिकाको संरक्षणको लागी विभिन्न संस्थासगँ सहकार्य अगाडि बढाएको बताउँदै उपरीक्षक मल्लले वालिकाको अवस्था बुझिरहेको बताएका छन् ।
बुवालाई मृत्युदण्ड दिइयोस्: पीडित बालिका
आफूलाई जवर्जस्ती करणी गर्ने वुवालाई मृत्युदण्ड दिनुपर्ने पीडित वालिकाले बताएकी छन् । ‘रातभरी पिटेर जवर्जस्ती गर्न लगाउथे उनी मेरा वुवा हुन नै सक्दैनन्,’ बालिकाले भनिन् ।
आमा काममा गएको वेला पनि भाइवहिनिलाई बाहिर खेल्न पठाएर जवर्जस्ती गर्ने गरेको उनले बताइन् ।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । सिरहामा गोली चलेको छ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend