धनुषा। धनुषा प्रहरीले स्रोत नखुलेको १४ लाख नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषा धाम नगरपालिका–२, का ५५ वर्षीय जोगिन्द्र यादव र सोही ठाउँका १९ वर्षीय कृष्ण साह रहेका छन्
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार जनकनन्दी गाउँपालिका–५, बनरझुल्लास्थित सडक खण्डबाट दुवै जनालाई बिहीबार साँझ नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय खजुरी र प्रहरी चौकी बल्हागोठबाट खटिएका संयुक्त प्रहरी टोलीले सवारी जाँचका क्रममा जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको प्रदेश २–०२–००३ प ७०४५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा यादवको साथबाट १० लाख र सोही मोटरसाइकलमा पछाडि बसेका साहको साथबाट चार लाख नेपाली रुपैयाँ बरामद भएको उनले बताए ।
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend