Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज चैते दशैं, शक्तिपीठहरुमा भक्तजनको घुइँचो


    बुधबार, चैत्र १५ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज चैत शुक्ल अष्टमी, अर्थात् चैते दशैं । देशभरिका शक्तिपीठहरुमा देवीको पूजा आराधना गरी चैते दशैं मनाईंदैछ ।

    वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो ।

    चैते दशैंका दिन काठमाडौंको भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार