काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनताबाट अनुमोदन भएका योजनालाई मात्र प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताएका छन् । अछामका विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका मुख्य मन्त्री शाहले आज साँफेबगर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रदेश सरकारलाई आम नागरिकको सरकार बनाउनतर्फ आफ्नो नेतृत्व लागि परेको बताए ।
मुख्य मन्त्री शाहले प्रदेशका योजनाका बारेमा स्थानीय सरकारलाई जानकारीबिना अब कुनै पनि योजना पास नगर्ने भन्दै सामूहिक रुपमा आएको साझा योजनालाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गराउने बताए ।
उनले भने,‘अब व्यक्तिगत योजना पास हुनेवाला छैनन्, वडा तहमा बढिभन्दा बढि जनताको सहभाीतामा पास भएको योजना आउनु पर्यो,स्थानीय सरकारलाई गुमराहमा राखेर कुनै पनि योजना बजेट प्रदेश सरकारबाट आउने छैन,स्थानीय सरकारलाई पनि बलियो बनाउनतर्फ मेरो जोड छ,स्थानीय सरकारसँग समन्वय गरेर प्रदेश सरकारले आफ्ना क्रियाकलाप गर्ने छ ।’
मुख्यमन्त्री शाहले साना साना टुक्रे योजना,व्यक्तिगत योजना र कमिस र झ्यालबाट आउने योजनाको अन्त्य आफ्नो कार्यकालमा हुने र यसका लागि कर्मचारी जनप्रतिनिधिबीच सहकार्य आवश्यक रहेको बताए। उनले भ्रष्टाचार नियन्त्रण र सुशासन पक्षमा कोहि कसैसँग पनि सम्झौता गर्ने बताए ।
यस्तै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले पहाडको बसाइसराई रोक्न यहाँका आधारभूत आवश्यकता परिपूर्ति गर्नतर्फ लाग्नु पर्नेमा जोड दिए । उनले यहाँको शिक्षा,स्वास्थको आधारभूत आवश्यकता र रोजगारको क्षेत्रमा विशेष योजना बनाएर अगाडि बढ्न सके मात्र बसाइसराई रोक्न सकिने बताए। यसो हुन नसके अबका केहि वर्षमा पहाडका गाउँबस्ती रित्तिने बताए ।
उनले भने,‘स्वास्थमा सहज पहुँच,शिक्षामा गुणस्तर र गाउँघरमै रोजगार,यहाँको पर्यटन प्रबर्धन,पूर्वाधार जस्ता विषयलाई जोडेर काम गर्न जरुरी छ ,तब मात्र केहि हदसम्म बसाइसराई रोकिन्छ,योजनाबद्ध तरिकाले अगाडि बढ्छौं, तपाईं सबैलेको साथ सहयोग चाहिन्छ ,यो तेरो मेरो भन्ने भावना त्यागेर हाम्रो हो भन्नेमा एक मत हुनुपर्यो। अनि मात्र तपाईं हामीले चाहेको विकास सम्भव छ ।’
मन्त्री देउवाले सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिका लागि नयाँ सोच र योजना बनाएर अहिलेको सरकारले विकासको नमूना खडा गर्ने दावी गरे।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend