Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नापी सर्भेक्षकसहित दुई जना एक लाख ७५ हजार घुससहित पक्राउ


    मंगलबार, चैत्र १४ २०७९
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नापी कार्यालय मनमैजुका सर्भेक्षकसहित दुई जना घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कित्ता काट गर्न सहजीकरण गरिदिए बापत एक लाख ७५ हजार घुस लिएको आरोपमा आज उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेमा मुक्तिनाथ कानुनी सेवा मनमैजुमा लेखापढी गर्ने अभिषेक कार्की र सर्भेक्षक रमेश उपरकोटी हुन् । उनीहरुलाई उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार