काठमाडौैं । सशस्त्र प्रहरी बलले ३५ करोड रुपैयाँ बराबरका स्नो पार्का ज्याकेट र स्नो स्लीपीङ ब्यागसहितका हिमाली आइटमका सामान खरिदको टेण्डरमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य बिष्णकुमार श्रेष्ठको कम्पनीलाई दिनेगरी सेटिङ भएको अर्को तथ्य खुलेको छ । आफूलाई बिष्णु पुरुषका नामले चिनाउने श्रेष्ठ गार्मेन्ट ब्यवसायी हुन् ।
लामिछाने उपप्रधान तथा गृहमन्त्री हुँदै हिमाली आइटमको लागि तत्कालीन अर्थमन्त्री बिष्णुप्रसाद पौडेलसँग भनेर सशस्त्रको हिमाली आइटम खरिदको बजेट छुट्याउन लगाइएको खुलेको छ । सशस्त्र प्रहरी बलको आर्थिक प्रशासनका प्रमुख एसएसपी होम ज्ञवालीले श्रेष्ठको कम्पनीले पेश गरेको नमूनासँग मात्र मिल्ने गरी स्पेसिफिकेसन राखेको आरोप छ । ज्ञवालीले नै अरु ठेकेदारलाई यो पटकलाई बिष्णुको कम्पनीलाई काम दिने भनेर सेटिङमा हिमाली आइटमको ठेक्का दिनेगरी उनको नमूनासँग मिल्ने स्पेक राखेको स्रोतले बतायो । लामिछाने गृहमन्त्री भएकै समयमा श्रेष्ठसँग भएको सहमति अनुसार गएको माघ १९ मा हिमाली आइटम स्नो ज्याके, स्नो बुट, स्नो स्लीपीङ ब्यागको बोलपत्र सूचना निकालिएको थियो ।
अर्थमन्त्रालयले बजेटको सुनिश्चितता गरे पनि निकासा अझै नगरेको उक्त टेण्डर २ महिना पुग्न लागिसक्दा पनि खोलिएको छैन । सार्वजनिक खरिद अनुगमन कार्यालयले सफ्टवेयरमा समस्या आएका कारण उक्त टेण्डर खोल्ने मिति पछि सार्दैआएको छ । सुरुमा चैत ५ मा खोल्ने भनिएको उक्त टेण्डर, चैत ९ मा सारियो । चैत ९ मा समेत खोलिएन ।
सशस्त्रमा अहिलेसम्मकै ठूलो खरिद मानिएको हिमाली आइटम सहितको स्नो पार्का ज्याकेट र स्नो स्लीपीङ ब्यागसहितको ५ किसिमका सामानको ठेक्का चलखेल भएको समाचार बारम्बार आइरहेको छ । तर गार्मेन्ट ब्यवसाय गर्दैआएका बिष्णुकमार श्रेष्ठको नमूना पेश गरी उनको कम्पनीलाई मात्र मिल्नेगरी स्पेक राखिएको तथ्य भने हाल आएर खुलेको छ ।
सशस्त्रको हिमाली आइटम खरिदको टेण्डरमा तपाईको कम्पनीसँग मिल्नेमात्र नमूना राखेर टेण्डर गरी ठेक्का दिन खोजिएको हो भन्ने प्रश्नमा बिष्णुकुमार श्रेष्ठले भने–‘मेरो कम्पनीका कागजात बिभिन्न ब्यक्तिले लगेका छन् । उनीहरुले बोलपत्र मेरो कम्पनीको नाममा हालेका होलान् । मैले सशस्त्रको बन्दोबस्तीका सामानको टेण्डरमा भाग लिएको छैन ।’
कम्पनीको कागजात लगेर अरु ठेकेदारले टेण्डर पेश गर्न दिएपछि तपाईले नै भाग लिएको भएन र भन्ने प्रश्नमा उनले कम्पनी मात्र दिएको हो भने ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend