Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल प्रहरीमा रिक्त ४ एआईजीमा बढुवा सिफारिस


    सोमबार, चैत्र १३ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नयाँ आईजीपी नियुक्त भएसँगै नेपाल प्रहरीमा चार रिक्त रहेको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएको छ ।

    आइजीपी बसन्तबहादुर कुँवरले एआइजी बढुवा सिफारिस गर्दा बरिष्ठताका आधारमै गरेका छन् । उनी आफैं बरिष्ठताका आधारमा आइजीपी भएकाले उनले एआइजी बढुवा सिफारिस गर्दा ज्येष्ठताका आधारमै गरेका छन् ।

    नेपाल प्रहरीमा शनिबारदेखि ४ जना अतिरिक्त महानिरीक्षक (एआईजी) पद रिक्त भएको छ । तीन जनाको अवकाश र एक जना आईजीपी बनेपछि एआईजीको चार दरबन्दी रिक्त भएको हो ।

    बढुवा सिफारिसको आज सोमबार बसेको बैठकले मीरा चौधरी, सुदीप गिरी, सन्दीप भण्डारी र टेकप्रसाद तामाङलाई बढुवा सिफारिस गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार