Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भुटानी शरणार्थी बनाएर विदेश पठाउने तीन जना समातिए


    आइतबार, चैत्र १२ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भुटानी शरणार्थी बनाएर नेपालीलाई विदेश पठाउने तीन जना समातिएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेमा सानु भण्डारी, केशव दुलाल र टेक गुरुङ हुन् । उनीहरुले पछिल्लो तीन वर्षमा ८१ जनालाई विदेश पठाइसकेको कार्यालयले बताएको छ ।

    उनीहरुले यसरी विदेश पठाउँदा २५ देखि ३० लाख रुपैयाँसम्म लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार