Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • मोबाइल चोरी र खरिद गर्ने दुवै पक्राउ


    शुक्रबार, चैत्र १० २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले मोबाइल चोरी र खरिद गर्ने दुवैलाई पक्राउ गरेको छ । भक्तपुर नगरपालिका-१० कमलविनायकस्थित पुस्कल रञ्जितकारले सञ्चालन गरेको मोबाइल पसलबाट चोरी गर्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा काभ्रेका जिनलाप घिसिङ तथा चोरीको मोबाइल किनबेच गर्ने लमजुङका रामशरण अछामी हुन् । यसअघि फागुन २४ गते राति १ बजेको समयमा भक्तपुरको कमलविनायकमा पुस्कल रञ्जितकारले सञ्चालन गरेको मोबाइल पसलबाट मोबाइल चोरी भएको उजुरी परेको थियो ।

    प्रहरी वृत्त जगाती भक्तपुरले निवेदनको आधारमा अनुसन्धान गर्दै जाँदा विभिन्न कम्पनीको २२ थान मोबाइल चोरी भएकोमा चोरी भएका मोबाइल मध्ये फागुन ८ गते विभिन्न कम्पनीका ८ थान मोबाइलसहित चोरी कार्यमा संलग्न जिनलाप घिसिङ पक्राउ परेका थिए ।

    घटनाबारे थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार