Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोटेश्वर क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका सञ्जय बुढाथोकी सर्वसम्मत


    शुक्रबार, चैत्र १० २०७९
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कोटेश्वर बहुमुखी क्‍याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेविसंघका सञ्जय बुढाथोकी सर्वसम्मत चयन भएका छन्। शुक्रबार कोटेश्वर क्याम्पसमा बसेको सर्वपक्षीय विद्यार्थी संगठनको बैठकले नेविसंघका बुढाथोकीको नेतृत्वमा २१ सदस्यीय स्ववियू कार्यसमिति चयन भएको हो ।

    समितिको उपाध्यक्षमा अखिल (क्रान्तिकारी) का सागर पराजुली, सचिवमा अनेरास्ववियुका रामकृष्ण थापा, सहसचिवमा शर्मिला भण्डारी र कोषाध्यक्षमा अनेरास्ववियूका शैलेन्द्र श्रेष्ठ चयन भएका छन् ।

    त्यस्तै सदस्यहरूमा नेवि संघकी शारती ढकाल, आशिश कार्की, प्रदिप कार्की, सन्तोष घर्तिमगर, अनेरास्ववियूका सञ्जु भट्ट, प्रेमराज रेग्मी, राजेशकुमार गुप्ता, सुशील दाहाल, अखिल (क्रान्तिकारी) का अप्सरा बस्नेत, सरोज श्रेष्ठ, विनीता फुयाँल र अखिल (क्रान्तिकारी) विप्लवमा मिठु टमट्टा लगायत छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार