Nepal Face
  • आइतबार, १० साउन २०८३
  • न्युरोडबाट १२ लाख हुण्डी रकमसहित एक जना पक्राउ


    बिहिबार, चैत्र ९ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको न्युरोडबाट १२ लाख हुण्डी रकमसहित एक जना पक्राउ परेका छन् । तनहुँको भानु नगरपालिका घर भई टोखा बस्दै आएका ४७ वर्षीय सञ्जय खनाललाई प्रहरीले पक्राउ गरेको हो ।

    उनको साथबाट एक थान खाली चेक पनि बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीविरुद्ध राष्ट्र बैंक ऐन अन्तर्गत अदालतबाट चार दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार