Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • पुरानो संसद भवन नभत्काउन संसदीय समितिको निर्देशन


    बिहिबार, चैत्र ९ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संसदीय समितिले सिंहदरबारस्थित पुरानो संसद भवन नभत्काउन निर्देशन दिएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आजको बैठकले सो निर्देशन दिएको हो ।

    कला, संस्कृतिसहित इतिहास बोकेका पुरानो भवनको निर्माणाधीन नयाँ भवनले प्रतिनिधित्व गर्न नसक्ने समितिका सभापति मायाप्रसाद शर्माले बताए । उनले उक्त संरचना नभत्किएसम्म भत्काउन जरुरि नरहेको उल्लेख गरे ।

    उनले भने, ‘विभिन्न कालखण्डका इतिहास बोकेका भवनको संरक्षण गर्‍यो भने आउने पुस्तालाई साक्षीको रूपमा रहन्छ । पुर्खाको इतिहास मास्न हुँदैन । भवनको संरक्षणतर्फ सबैले पहल गर्नुपर्छ ।’

    निर्माणाधीन संघीय संसदमा संघीय पुस्तकालय समयसापेक्ष र व्यवस्थित ढङ्गको हुनुपर्नेमा सभापति शर्माले जोड दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार