Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गाउँपालिका पूर्व अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा, झण्डै ९२ लाख स्रोत नखुलेको सम्पत्ति


    बिहिबार, चैत्र ९ २०७९
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रुपन्देहीको मर्चवारी गाउँपालिका पूर्व अध्यक्ष केशवनन्द बनियाँविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा परेको छ । उनको सम्पत्तिको स्रोत नखुलेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज अदालतमा मुद्दा दायर गरेको हो ।

    उनको ९१ लाख ८६ हजार ५४३ रुपैयाँ ३० पैसाको स्रोत नखुलेको अख्तियारले जनाएको छ । २०७४ असार २१ देखि २०७८ फागुन ३० सम्ममा उनको सम्पत्ति विवरण अनुसन्धान गर्दा झण्डै ९२ लाख रुपैयाँको स्रोत नखुलेको अख्तियारको आरोप छ ।

    अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा २० को उपदफा २ बमोजिम सजायका साथै स्रोत नखुलेको सम्पत्ति जफत गर्न माग दाबी गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार